रोजगारका लागि जापान आएका महिलाको अवस्था कस्तो छ ? सरोकारवाला भन्छन्– सचेत बनौं

टोकियो । स्वदेशमा रोगजारीको ग्यारेन्टी भए को परदेश जान्छ र ? तर, राजनीतिक अस्थिरता र रोजगारकीको समस्याका कारण दैनिक विदेशीनेहरुको संख्या बढ्दै गइरहेको छ ।

विश्वकै समृद्ध मध्येको एक देश जापानमा पछिल्लो समय नेपालीहरको आकर्षण बढीनै रहेको छ । तर, कामका लागि जापान आएका नेपाली महिलाले कुनै न कुनै रुपमा हिंसाको शिकार बन्न बाध्य भएको तर त्यो पीडा बाहिर ल्याउने माध्यम नभएको बताएका छन् ।

१०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला समूह जापानले आयोजना गरेको ‘जापानका संघसंस्थामा महिलाको सहभागीता’ विषयक अन्तरक्रियामा सहभागीले पीडा पोख्ने माध्यम नभएको बताएका हुन् ।
नेपाली राजदूतावास जापानका तृतिय सचिव रेवन्त केसीले महिलाहरु आफ्नो अधिकारका लागि सबैभन्दा पहिला आफैं सचेत र सक्षम बन्नुपर्ने बताए ।

एनआरएनए जापानका अध्यक्ष सुदन थापाले महिलाका पीडा र गुनासा जापानमा धेरै आउने गरेको बताए । उनले समस्या समाधानका लागि एनआरएन जापानले पहल गरिरहेको जानकारी समेत दिए ।
कार्यक्रममा एनआरएनए आइसिसी महिला सदस्य कालिका थापाले प्रवासमा रहेका पीडित महिलाको उद्धार र न्यायका लागि आफुहरुले काम गरिरहेको बताइन् । उनले महिला–महिला बिचको एकताले पनि महिलामागिको हिंसा अन्त्यमा सहयोग पुग्ने बताइन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन बर्षा शाहाले अब शिक्षित महिला परिवर्तनको लागि राजनीतिमा जानु पर्ने धारणा राखिन् ।

जापानका लागि नेपाली पर्यटन दूत अनुज थापाले महिलालाई पनि अवसरका लागि प्रोत्साहन गर्ने भएकोले नेतृत्व सम्हाल्न अब महिला सक्षम र शिक्षित बन्नुपर्ने समय आएको बताए । उनले श्रृष्टिदाता महिला भएकाले महिलाको सम्मान गर्न सकेमा मात्र समाज सभ्य हुने बताए ।
कार्यक्रममा कलाकार तथा जापानमा कलम चलाउँदै गरेका महिला पत्रकारलाई प्रोत्साहन स्वरुप सम्मान समेत गरिएको कार्यक्रम संचालिका संगीता कुँवरले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?