जापानी प्रधानमन्त्री आबेको कार्यकाल लम्ब्याउने तयारी, पार्टीले गर्यो यस्तो निर्णय

टोकियो । जापानी सरकारको नेतृत्वका गरेको पार्टी लिवरल डेमोक्र्याटिकले पार्टी नेतृत्व गर्ने समय सीमा थप गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टीले नेतृत्वको अवधि ६ वर्षबाट बढाएर ९ वर्ष पुर्याउने निर्णय गरेको हो । यो निर्णय सँगै जापानी प्रधानमन्त्री सिन्जो आबेलाई तेस्रो कार्यकाल पनि प्रधानमन्त्री वन्नका लागि ढोका खुलेको छ ।

पार्टीको वार्षिक अधिवेशनबाट यो व्यवस्था संशोधन भएसँगै आबे जापानी प्रधानमन्त्रीको रुपमा लामो समय सेवा गर्ने नेता हुने छन् ।

आबे श्रीमतीका कारण विवादमा तानिएका थिए जसका कारण उनको आगामी दिनको यात्रामा असर गर्ने अनुमान गरिएको छ ।

उनकी श्रीमती आकीले विद्यालयको पुस्तकमा उग्र राष्ट्रवादी विषय समेट्न लगाएका कारण विवाद भएको थियो । जसलाई विपक्षी दलले चर्को विरोध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?