जापानमा रहेका नेपालीहरुलाई लक्षित गर्दै ‘नमस्ते निप्पोन’ले ल्यायो यस्तो कार्यक्रम

जापान । अध्ययन, पेशा र व्यवसायका शिलशिलामा जापानमा बसोबास गरिहेका नेपालीहरुलाई लक्षित गरि जानकारी मुलक साइड ‘नमस्ते निप्पोन’ले मार्च ८ बुधबारबाट सेवा संचालन गर्ने भएको छ ।

पछिल्लो समय अध्ययन र पेशाको शिलाशिलामा जापानमा आउने विदेशी विद्यार्थीहरुको संख्यामध्ये चीन र भियतनाम पछाडी नेपाल भएकाले यसलाई मध्यनजर गर्दै हिकिबु कर्पाेरेशन नामक कम्पनी ओसाका,जापान र आइजिसी काठमाडौंको संयुक्त सहकार्यमा जापानमा रहेका नेपालीहरुलाई जानकारी प्रदान गर्ने उदेश्य सहित ‘नमस्ते निप्पोन’ संचालन गर्न लागिएको हो ।

हिबिकु कर्पोरेशन कम्पनीका अध्यक्ष शिनिचिरो यामानोले ‘नमस्ते निप्पोन’ मार्फत जापानमा रहेका नेपालीहरुको आकांक्षा अनुरुप, सहजतापूर्ण तथा सुबिधायुक्त ढङ्गबाट जिवनयापनका लागि आवश्यक रोजगार,शिक्षा लगायतका विषयमा नेपाली भाषाबाटै सुसुचित गरिने कार्यक्रम ल्याइएको बताएका छन ।

त्यस्तै नेपालका लागि आईजिसीका गणेश मान योञ्जनले ‘नमस्ते निप्पोन’ले तिन प्रकारको बिषयबस्तुको बारेमा प्रत्येक हप्ताको बुधबार नयाँ नयाँ जानकारी अपलोड गर्दै जाने बताएका छन ।

कार्यक्रम मार्फत जापानमा रोजगारीका क्रममा अर्न्तवार्ता दिदा ध्यान दिनुपर्ने कुरा तथा व्यवहार,पार्ट टाइम जब आरुबाईतो को तलबका बारे जानकारि दिने, शिक्षा सम्बन्धी जापानीज भाषा स्कुल, प्राबिधिक स्कुल( सेनमोन स्कुल), विश्व विद्यालय र विभिन्न किसिमको इभेन्ट आदि सम्बन्धी जानकारी प्रदान गर्नुका साथै जीबनयापन सम्बन्धी बैंक खाता खोल्ने र नेपालमा रेमिट्यान्स गर्ने तरिका, बिरामी हुदा के गर्नुपर्ने  जापानमा जिबनयापन गर्दा जानी राखे ढुक्क हुने कुरा, सुबिधा तथा अवसर आदिका बारेमा जानकारि दिईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?