भियतनामको भ्रमणमा व्यस्त जापानी शाही दम्पती

जापान । साताब्यापी भ्रमणका क्रममा भियतनाम पुगेका जापानी सम्राट आकिहितो र साम्राज्ञी मिचीकोले शनिबार दिउँसो  भियतनामकाे प्राचिन राजदरबारको अवलोकन गरेका छन् ।

भियतनामको ह्यु पुगेका शाही दम्पतीलाई ह्युका स्थानीय महिलाहरुले भव्य स्वागत गरेका थिए । करिब १ सय ४० वर्ष अगाडी चिनीयाँ रोयल शैलीमा निर्माण गरिएको सो दरबार युनेस्कोको विश्व सम्पदा सुचीमा सुचिकृत छ ।

भियतनामको साताव्यापी भ्रमण सकाएर आईबार टोकियो फर्कने क्रममा शाही दम्पतीले थाईल्याण्डको बैङ्कमा ओर्लिइ गत वर्ष देहान्त भएका थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेज प्रति समवेदना प्रकट गर्ने योजना बनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?