किन घट्यो सिओइ प्राप्त गर्ने नेपाली विद्यार्थीहरुको संख्या ? थप कडाई गर्दै छ जापान सरकार

जापान । यहि अप्रिल महिना देखि जापानको ओकिनावा प्रान्तमा रहेका विभिन्न भाषा विद्यालयहरुमा अध्ययनका लागि फारम भरेका नेपाली विद्यार्थीहरु मध्ये ३३ प्रतिशतले मात्र सर्टिफिकेट अफ इलिजीविलिटी (सिओइ) प्राप्त गरेका छन् ।

अप्रिलमा सिओई प्राप्त गर्ने याे संख्या अहिले सम्मकै कम रहेको जानकारीमा आएको छ । सन २०११ मा ओकिनावा भाषा विद्यालयहरुमा अध्ययनका लागि ९३ प्रतिशतले सिओइ प्राप्त गरेका थिए ।

पछिल्लो समयम नेपाली विद्यार्थीहरुले सातामा २८ घण्टा भन्दा बढि काम गर्न नपाउने नियमलाई वेवास्ता गरि विचमै विद्यालय छाडेर काममा जाने गरेकाले यस्तो नतिजा आएको अध्यागमन स्रोतले बताएको छ ।

विद्यालयको शुल्क तथा अन्य खर्चको व्यवस्थापन गर्नु पर्ने बाध्यताका कारण कानुनी रुपमा तोकिएको समय भन्दा बढि अवैधानिक रुपमा काम गर्नु परेको जानकारीमा आएको छ ।

त्यहाँका भाषा विद्यालयहरुले ओनिकावामा सिओइ अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुमध्ये ८० प्रतिशत नेपाली भएको बताउदै यसरि नै कम सिओइ दिने हो भने विद्यालय बन्द गर्नु पर्ने अवस्था आउने बताएका छन ।

विशेषत जापान आउने विद्यार्थीहरु जनवरि,अप्रिल,जुलाई र अक्टोबर गरि ४ सेसनमा आउने गरेका छन । त्यसमा पनि सबैभन्दा धेरै अप्रिलमा जापान आउने भएतापनि यस पटक जम्मा २ सय जनाले मात्र सिओइ दिएका छन ।

ओकिनावामा रहेको नाहा अध्यागमन विभागले सो क्षेत्रमा संचालित भाषा विद्यालयको भ्रमण गरि सिओइबारे अध्ययन गर्दै जुलाई सेसनका लागि आवेदन दिएकाहरुको लागि थप कागजात माग गरि अझ कडाइ गरिने बताएका छन ।

ओकिनावामा संचालित भाषा विद्यालयहरुले भने जापानी संचार माध्यहरुमा प्रकाशित नेपाली विद्यार्थीहरुको समाचारका कारण यस्तो नतिजा आएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?