नेपालमा तत्काल एक खर्ब लगानी गर्ने जापानी लगानीकर्ताको प्रतिवद्धता

काठमाडौं । जापानका लगानीकर्ताहरुले नेपालमा तत्काल एक खर्ब लगानी गर्न सकिने बताएका छन् । काठमाडौंमा दुई दिन चलेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा जापानका लगानीकर्ताहरुले एक खर्ब लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।

 उनीहरुले नेपाल सरकारले समय सापेक्ष कानुनको तर्जुमा, नाफा व्यवस्थापान लगायतका प्राविधिक पक्षलाई सहज बनाए थप लगानी गर्न सकिने समेत बताएका छन् । यसैबीच सम्मेलनमा चीनबाट मात्रै ८ खर्ब ३० अर्बको लगानी नेपालमा गर्ने प्रतिवद्धता आएको छ ।

सम्मेलनमा अन्य देशका लगानीकर्ताको प्रतिवद्धतालाई उछिन्दै चीनबाट सबैभन्दा धेरै लगानीको घोषणा भएको हो ।

लगानी सम्मेलनमा कुल १३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको आयोजक लगानी बोर्डले जनाएको छ । नेपालमा लगानीका लागि होडबाजीमा रहको भारतबाट सम्मेलनमा सहभागी लगानीकर्ताले भने ३१ अर्ब ७० करोडको मात्रै प्रतिवद्धता जनाएका छन् ।

सम्मेलनमा सहभागी बंगलादेशका लगानीकर्ताले २ खर्ब ४० अर्ब रकमको लगानीको घोषणा गरेका छन् ।

बेलायतबाट पनि एक खर्बको लगानी प्रतिवद्धता आएको लगानी बोर्डले जनाएको छ । लगानी प्रतिवद्धताको होडबाजीमा भारतलाई श्रीलंकाले पनि उछिनेको छ ।

श्रीलंकाका लगानीकर्ताले ५० अर्ब लगानीको लागि आफ्नो प्रतिवद्धता जाहेर गरेका छन् । सम्मेलनमा सरकारले सोचे भन्दा बढी लगानीको प्रतिवद्धता आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?