विद्यालयकाे जग्गा विवादः जापानकाे संसदमा प्रधानमन्त्री अावेलार्इ सकस

जापान । जापानका प्रधानमन्त्री शिन्जो आवेलाई जमिनको विवादास्पद सम्झौताका कारण निक्कै तीखो वचन सुन्न परेको छ ।

पश्चिमी जापानस्थित एक विद्यालयको जमिनसंग जोडिएको विवादित सम्झौताका कारण आवे जापानी संसदमा सबैको तारो बनेका हुन् ।

विद्यालयको जमिन तोकिएको मुल्य भन्दा अत्याधिक कम मुल्यमा खरिद भए पश्चात यो विषय निक्कै विवादास्पद बनेको छ। विद्यालयसंग गरिएको सम्झौतामा आबे निकट समर्थकको पाठ्यक्रम प्रयोग गरिने योजना शामेल गरिएको खुलासा भएको छ ।

विपक्षी दलले विद्यालय संचालकले छुट पाउने आशामा आबे पार्टीको सदस्यसंग सम्पर्क गरेको आरोप लगाएका छन भने आबे यसको खण्डन गर्दै आईरहेका छन ।

एलडिपीका वरिष्ठ सांसद योशितादा कोनोइकेले बुधबार २०१४ मा विद्यालय संचालककी पत्नीले उनलार्इ घुष दिने कोशिस गरेको खुलासा गरेका थिए ।

यस विषयमा बाेल्दै प्रधानमन्त्री आवेले पार्टीको सदस्यको सहभागिता भएकाे पुष्टि भएमा आवश्यक कदम चालिने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?