जापानी नागरिकद्वारा पाल्पामा बालविकास भवन निर्माणार्थ अार्थिक सहयाेग

जापान । नेपालस्थित पाल्पा जिल्लाकाे दुर्गम गाविस सलहकोट ८ थाममा जापानी नागरिकको सहयोगमा बालविकास केन्द्रको भवन निर्माण गरिएकाे छ । जापानी नागरिक ईति ओको, सहलकोट गाविस तथा स्थानीवासीहरुको संयुक्त लगानीमा सो भवन निर्माण गरिएको हो ।दुई कोठे भवन निर्माणार्थ जापानी नागरिक ओकोले तीन लाख, सहलकोट गाविसले रु ५५ हजार दुईसय ६१ र स्थानीयवासीले रु ५५ हजार सातसय ८५ बराबरको श्रमदान गरी कुल रु चारलाख ११ हजार ४६ लगानी गरेका थिए ।

करिब दुई घण्टा टाढाको विद्यालयमा हिँडेर जान बाध्य भएका बालबालिकाले भवन निर्माण पश्चात घर नजिकैको बालविकास केन्द्रमा बसेर अध्ययन गर्न पाउने भएका छन ।

शिक्षा, स्वास्थ्य, सडक लगायतका आधारभूत सेवासुविधाबाट टाढा रहेका यहाँका स्थानीयवासीले नजिकै बालविकास केन्द्र, विद्यालय नहुँदा उनीहरुकै भविष्यकै निम्ति पनि गाउँ छोड्न बाध्य थिए ।

सानाे उमेर समूहका बालबालिकालाई दैनिक एक घन्टाको उकालो–ओरालो गरेर सहलकोट गाविस–९ को बालहित मावि आनन्दीभन्ज्याङमा पुग्न त्यति सहज थिएन । विद्यालय टाढा रहँदा अभिभावकले पनि बच्चाबच्ची विद्यालयसम्म पुयाउन निकै समस्या झेल्दै आएका थिए ।

बालविकास केन्द्रका अध्यक्ष तुलबहादुर कानुङले त्यहाँका स्थानीयवासी, अभिभावक, बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालाको पहलमा सुविधासम्पन्न भवन निर्माण गर्न सफल भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?