जापानका उप प्रधानमन्त्री अासाे अमेरिकी उपराष्ट्रपति माईकसंग भेटवार्ता गर्दै

जापान । जापानका उप प्रधानमन्त्री तारो आसोले आगामी अप्रिलमा संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति माईक पेन्ससंग भेटवार्ता गरि द्धिपक्षीय आर्थिक सम्बन्धबारे छलफल गर्ने जानकारी दिएका छन् । 

आसोले माईक संगको भेटवार्तामा द्धिपक्षीय आर्थिक तथा वित्तीय नीति,आर्थिक सहयोग ,व्यापार एवम लगानीको विषयमाथि  छलफल गर्ने बताएका छन् ।

गत फेब्रुअरीमा जापानका प्रधानमन्त्री शिन्जो आवे तथा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान- अमेरिका आर्थिक सम्बन्धका नयाँ अायामबारे छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?