जापानमा रहेका विद्यार्थीहरुलाई सुनौलो अवसर, यसरी दिदैछन् ठुला कम्पनीहरुले रोजगारी

टोकियो । जापानको प्रमुख कम्पनीहरुले नयाँ कर्मचारहिरुको भर्ती सुरु गरेका छन् ।

नयाँ कर्मचारी भर्तीका लागि कम्पनीहरुले विश्वविद्यालयहरुमा कर्मचारी खोजि अभियान थालेका छन् ।
कम्पनीहरुले आगामी शैक्षिक शत्रमा स्नातक उपाधि प्राप्त गर्ने विद्यार्थीहरुलाई प्राथमिकता दिने भएका छन् ।
देशमा श्रमकिहरुको कमी भैरहेका बेला ठुला लगानीमा स्थापना भएका कम्पनीहरुले विद्यार्थीहरुका लागि सुवर्ण अवसर दिन लागेका हुन् ।

 

यस्ता ठुला कम्पनीहरुले मार्च १ देखि भर्ती सुरु गरेका छन् । यो जापानको सबैभन्दा ठुलो श्रम कारोबारी संगठन केइदानरेनको निर्देशन अनुसार भएको हो ।
कम्पनीले नयाँ कर्मचारी भर्तीका बारेमा जानकारी दिन बुधबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । यस प्कारको कामका लागि छात्रहरुले निकै रुचि देखाएका छन्, जुन छनौट प्रतियाले सहजता दिलाउने छ ।
ठुला पक्पनीहरुले छात्र छात्रालाई बायोडाटा तयार पानेर छनौट प्रक्रियामा सहभागि बन्न आग्रह गरेको छ । यो अभियान एक महिनासम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?