जापान सरकारले भन्यो– हाम्रा लागि अमेरिकी सेनाको सहयोग चाहिदैन, सहकार्य मात्र हो

जापान । जापान सरकारका शीर्ष प्रवक्ताले जापानी सेनाले लिएको रक्षा नीतिका कारण आफुहरु निश्चिन्त भएर एसिया प्यासिफकि क्षेत्रमा गतिविधि सञ्चालन गरिरहेको बताएका छन् ।

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदमा सम्बोधन गर्नै आफ्ना सहयात्री देशहरुले चाहेको खण्डमा प्राविधिक सहयोग गर्ने बताएका थिए भने उनले जापानी सेनालाई बलियो बनाउन अमेरिकाले काम गर्न सक्ने बताएका थिए ।

तर, जापान सरकारले आफ्नो सेना देशको रक्षाका लागि सक्षम रहेको प्रतिक्रिया दिउको हो ।

बिहीबार जापान सरकारको मन्त्रीपरिषद् कार्यालयले अमेरिकी सेनासँगको सहकार्यमा विश्व शान्ति र अराजकता अन्त्यका लागि आफुहरु प्रयासरत रहेको बताउँदै जापानको आन्तरिक मामलामा भने अमेरिकी सहयोग आवश्यक नरहेको प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?