भियतनाममा जापानी सम्राटको भब्य स्वागत, हजारौं भियतनामीको हातमा जापानी झण्डा

जापान । भियतनामको राजधानी हानोइमा जापानी सम्राट अकिहितो र साम्राज्ञी मिचिको भब्य स्वागत गरिएको छ ।

भियतनामको राजकीय भ्रमणमा रहेका जापानी सम्राट परिवारलई अति विशिष्ठ पाहुनाका रुपमा भियतनामले स्वागत गरेको हो ।
जापानी राजपरिवारको पहिलो भियतनाम यात्रा हो । एक हप्ते भ्रमणका क्रममा अकिहितोसँग भियतनामका प्राय सबै उच्च अधिकारीहरुले भेट गर्नेछन् ।

राजधानी हानोइमा जापानी राजपरिवारलाई हेर्न हजारौं सर्वसाधारण सडकमा पुगेका थिए । त्यहाँ जापान र भियतनामको झण्डा फहराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?