पुन :तीन चिनियाँ जहाज जापानी भूमिमा प्रवेश

जापान । जापानको सेन्काकु द्धिपस्थित सामुद्रिक बाटो हुदै  बुधबार विहान पुनः तिन चिनियाँ जहाज जापानी भूमिमा प्रवेश गरेका छन ।

यो वर्ष मात्रै सेन्काकु द्धिपको बाटो हुदै चिनियाँ जहाज जपानी भूमिमा प्रवेश गरेको छैठौं पटक भैसकेको छ ।
जापानी तट रक्षका अनुसार शनिबार जापानी भूमिमा प्रवेश गरेका चिनियाँ जहाज करिब १ घण्टा आधा पछि फर्किएका थिए ।

जापान सरकारले चिनियाँ जहाज जापानी भूमिमा प्रवेश गर्नु जापानको सार्वभौमता माथि चिनको ठाडो उलङ्घन भएको बताउदै चिनको गतिविधी माथि विरोध जनाएको छ ।

जापानको नियन्त्रणमा रहेको सेन्काकु द्धिपलार्इ चिन र ताईवानले दावा गर्दै आईरहेका छन् । यस अघि पनि जनवरि १८ मा चार चिनीयाँ जहाज जापानी भुमिमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?