साताब्यापी भ्रमणका क्रममा जापानी सम्राट दम्पती भियतनाममा

जापान । साताब्यापी विदेश भ्रमणमा निस्किएका जापानी सम्राट  आकिहितो तथा साम्राज्ञी मिचिको सोमबार भियतनामको राजधानी हानोई पुगेका छन । भियतनामको सरकारले जापानी सम्राट र सामाज्ञीलाई भव्य स्वागत गरेकाे थियाे ।

जापान भियतनाम सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तायोहारु त्सुत्सुईले जापानी शाही परिवारको यस भ्रमण ऐतिहासिक भएको बताउदै द्धिपक्षीय सम्बन्ध थप सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन ।

केही बर्ष यता धेरै जापानी कम्पनी र लगानीकर्ताहरुले भियतनाममा उद्योग कल, कारखाना स्थापना गरी सरसामान उत्पादनमा बृहत लगानी गर्दै आएका छन् । त्यस्तै, जापानमा ब्यावसायिक र उच्च शिक्षा हासील गर्ने विदेशी विद्यार्थी सङ्ख्यामध्ये भियतनामी विद्यार्थीहरुले ठूलो अंश ओगटेका छन् ।

भियतनाम भ्रमणको क्रममा सम्राट दम्पतिले दोश्रो विश्वयुद्धताका रणभूमिमा ज्यान गुमाएका जापानी सेनाका जीवित बिधवा पत्नी तथा उनीहरुका छोरा, छोरी, नाति नातिनालाई भेटघाट गर्ने छन ।

दोश्रो विश्वयुद्धको समाप्तिपछि जापानी सेनाका यी परिवार भियतनाम मै बसोबास गर्दै आइ रहेका छन् । दोश्रो विश्वयुद्धको अन्त्य भएको केही बर्ष पश्चात् भियतनाममा शुरु भएको आन्तरिक राजनीतिक गडबडी र द्वन्दले मुलुकको उत्तरी खण्ड सन् १९५४ मा बामपन्थीहरुको नियन्त्रणमा रहन गयो ।

उत्तर भियतनामलाई नियन्त्रणमा लिने बामपन्थी सरकारले त्यहाँ रहेका जापानी सेना तथा परिवारलाई या त जापान फर्क या त मुलुक छोड भन्ने दबाब दिन थाले ।

बामपन्थी सरकारको दबाबमा परी सबै जापानी सेना र परिवार दक्षिणतिर बसाइ सरे, परिवारसहित बस्दै आएको भियतनामलाई त्याग्न उनीहरुको मन मानेन । यस प्रकार थुप्रै सङ्ख्यामा जापानीहरु भियतनाममा बसोबास गर्दै आइ रहेका छन् ।

भ्रमणको दोश्रो चरणमा सम्राट दम्पति थाईल्याण्डको राजधानी बैंकक पुग्नेछन । त्यहाँ उनिहरुले थाईल्याण्डका स्वर्गीय सम्राट भूमिबल अदुल्यादेजलाई  श्रद्धान्जली अर्पण गर्ने छन । थाईल्याण्डका सम्राट अदुल्यादेज गत बर्षको अक्टोबर महिनामा स्वर्गारोहण भएका थिए ।

आफू र सामाज्ञी मिचिकोले थाईल्याण्डका सम्राट अदुल्यादेजसँग विगतका पचास बर्ष भन्दा बढीसम्म सुमधुर र घनिष्ठ सम्बन्धको आनन्द लिएको जापानी सम्राट आकिहितोले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?