झापाली समाज जापानले सिमान्तकृत बालबालिकालाई निशुल्क अध्ययन गराइदिने

जापान । झापाली समाज जापानले झापा जिल्लाका अति सिमान्तकृत वर्गका केही बालबालिकालाई नर्सरी देखि उच्च शिक्षा सम्मको अध्ययन निशुल्क गराइदिने भएको छ ।

फेब्रवरी २७ मा टोकियोको हिगासी कुरुमेस्थित किचन सपना रेष्टुरेण्टमा सम्पन्न कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

अध्यक्ष तुल्सी पाठकका अनुसार झापाका अति विपन्न सिमान्तकृत समुदायको पहिचान पश्चात् पढाई खर्चको व्यवस्था गरिने छ ।

यसका लागि समाजका महासचिव चुडामणी काफ्लेको संयोजकत्वमा स्थलगत प्रतिवेदन तयार पार्न समिति गठन गरिएको पाठकले जापान सन्देशलाई जानकारी दिए ।

कार्यदलको सदस्यान सचिव ऋषिराम भट्टराई, कोषध्यक्ष रमेश सुवेदी रहेका छन् । कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा छात्रवृत्ति प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?