मियागी केन्द्र भएर ५.५ म्यागनिच्युट भूकम्पकाे धक्का,सुनामीकाे सम्भावना भने छैन

जापान । जापानको  मियागी प्रान्तलाई केन्द्र बनाएर मंगलबार ५.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । दिउँसो ४ बजेर ४९ मिनेटमा आएको भूकम्पको धक्का फुकुसिमा ,मियागी प्रान्त देखि टोकियो सम्म महशुस  महसुस गरिएको थियो ।

मौसमविदले भूकम्प पछाडि सुनामीको सम्भावना नदेखिएको जानकारी दिएका छन ।

जापानको राष्ट्रिय प्रहरी एजेन्सीले भूकम्पबाट के कति क्षति पुगको भन्नेबारे कुनै जानकारी नआएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?