आफ्नी पत्नीले विद्यालयबाट पाउनु पर्ने भुक्तानी नपाएको भन्दै आवेकाे यस्ताे गुनासाे

जापान । जापानका प्रधानमन्त्री शिन्जो आबेले आफ्नी पत्नीले  जापानको ओसाकामा खुल्न लागेको प्राथमिक विद्यालयबाट पाउनु पर्ने भुक्तानी नपाएको खुलासा गरेका छन् ।

अावेले उनकी पत्नी आइकीले विद्यालय संचालक समितिबाट विद्यालयको वक्ता तथा  मानार्थ प्रधानाचार्याकाे  हिसावले  प्रदान गरिने भुक्तानी नपाएको भन्दै गुनासाे गरेका हुन् ।

विद्यालयको जमिन आकलन गरिएको मुल्यभन्दा अधिक कममा खरिद गरिएको खुलासा भए पश्चात आवे पत्नीले विद्यालयको मानार्थ प्रधानाचार्याको पदबाट राजिनामा दिएकी थिइन ।

संसदिय वैठकका क्रममा प्रधानमन्त्री आवेले विद्यालय संचालक समितीको वेवसाईटमा राखिएको आइकीको भाषण हटाइएको भन्दै टिप्पणी गरेका थिए ।

यस कार्यप्रति आफु र आफ्नो श्रीमतीको कुनै हात नरहेको बताउदै उनले आफुप्रति लगाएको आरोग गलत भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?