जापान आउने पर्यटकका लागि अब झन् सजिलो, टोकियो महानगरले तयार पार्यो सजिलो क्याटलग

टोकियो । टोकियो महानगर सरकारले अंग्रेजी भाषामा एक विवरण जारी गरेको छ, जसमा पर्यटकका लागि आवश्यक गन्तव्यका लागि आवश्यक पहिचानहरुलाई सरलिकृत रुपमा प्रस्तुत गरिउको छ ।

उक्त पुस्तीकामा विदेशीको लागि टोकियोमा हुनसक्ने मनोरञ्जनतात्मकता, यहाँको अवस्था र पर्यावरणका बारेमा जानकारी दिइएको छ ।
आयरल्याण्डका एक सम्पादकले यो पुस्तीका सम्पादन गरेका हुन् । यो पुस्तीका वसन्त ऋतुका लागि लक्षीत गरि दश हजार प्रति छापीएको छ ।
फेब्रवरीमा टोकियोका ४८ होटलका सबै कोठाहरुमा यो विवरण पुस्तीका राखिएको छ । यी सबै होटलहरु जापान होटल संघ अन्तरगत रहेका छन् । विभिन्न सभा सम्मेलनहरुमा भाग लिन आउने विदेशीहरुलाई पनि यो विवरण वितरण गरिने छ ।
टोकियो महानगरले सन् २०२० सम्म जापान आउने पर्यटकको संख्या २ करोड ५० लाख पुर्याउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?