नाम्जुङमा एम्बुलेन्स किन्न गोरखा समाज जापानले सहयोग गर्ने

टोकियो । गोरखा समाज जापानले गोरखाको नामजुङ गाविसमा रहेको नामजुङ सेवा समाजले किन्न लागेको एम्बुलेन्स खरिदका लागि २० हजार सहयोग गर्ने भएको छ ।

आइतबार बसेको गोरखा समाज जापानको बैठकले सहयोगको निर्णय गरेको हो ।

चुडामणी भट्टराईको अध्यक्षतामा बसेको तेश्रो नियमित वैठकले अप्रिल ९ तारिख आईतवारका दिन वृहत बनभोज कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
अघिल्लो केन्द्रीय कार्य समिति वैठकले १३ सदस्यीय सल्लाहकार समिति गठन गरेकले अप्रिल २ तारिख आईतवार केन्द्रीय कार्यसमिति सदस्यहरु, सल्लाहकार समिति सदस्यहरु, क्षेत्रीय समितिका सम्पूर्ण सदस्यहरु बीच वृहत परिचयात्मक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?