२०२० को ओलम्पिक चमत्कारीक बनाउने जापानको तयारी, हाइड्रोजनले बल्नेछ ओलम्पिक द्धिप

टोकियो । जापानको राजधानी टोकियो लगायत जापानका विभिन्न सहरहरुमा सन् २०२० मा हुने ओलम्पिक तथा पारा ओलम्पिक खेलको आयोजक समितिले ओलम्पिक मशाल बाल्नका लागि रिले हाइड्रोजन मशाल विधि अपनाउनेबारे छलफल थालेको छ ।

आयोजकले प्रतियोगितामा जापानी प्रविधि र संस्कृतिको भरपुर प्रदर्शन गर्न सक्ने कुम्भ मेलाको सदुपयोग गर्दै विश्वलाई जापानी प्रविधिका बारेमा ज्ञान दिलाउने मौकाका रुपमा प्रयोग गर्नुपर्ने बताएको छ ।
उद्घाटन समारोहमा गैर प्रदुषणकारी इन्धनको प्रयोग गरि विश्वलाई नयाँ पाठ सिकाउनका लागि पनि यो प्रविधि प्रयोग गर्नुपर्नेबारेमा छलफल चलिरहेको छ ।

पर्यावरणको स्थिरताका लागि कुम्भ मेलाले महत्वपुर्ण सन्देश दिनसक्नेमा आयोजक समिति ढुक्क देखिएको छ ।

मार्च २०१६ मा टोकियो महानगर सरकारले ६ सय एथलेटिक्स ग्रामलाई हाइड्रोजन उर्जा मार्फत् चल्ने बनाइने घोषणा गरिसकेको छ । जापानले सन् २०२० को ओलम्पिकलाई अहिलेसम्मकै नमुना बनाउने प्रयास जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?