स्थानीय निर्वाचनका लागि जापानमा मतपेटिका खोज्दै नेपालको निर्वाचन आयोग

काठमाडौं । सरकारले वैशाख ३१ गतेलाई तोकेको स्थानीय तहको निर्वाचनका लागि अपुग मतपेटिका जापानबाट ल्याउने प्रयास सुरु भएको छ । जापान सरकारसँग यसबारे कुरा अघि बढाइएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगसँग हाल भएका मतपेटिका बाहेक थप २५ हजार मतपेटिका चाहिने पूर्वानुमान गरेको छ । आवश्यक मतपेटिकाको आकार कम्तिमा ८० लिटर क्षमताको हुनुपर्ने छ ।

हाल आयोगसँग करिब ४० हजार थान मतपेटिका रहेकामा थोरैमात्र ८० लिटर क्षमताका छन् । स्थानीय तह चुनावका लागि मतपत्रको आकार बृद्धि हुने भएकाले साना मतपेटिका प्रयोगमा ल्याउन नसकिने भएकाले ठुला मत पेटीकाको खोजिमा आयोग लागेको हो ।

स्रोतका अनुसार आयोगले अपुग मतपेटिका छिमेकी मुलुक भारतबाटै ल्याउने पहल पनि गरिरहेको छ । छोटो अवधिमा मतपेटिका व्यवस्थापन गर्नुपर्ने भएकाले भारतिय निर्वाचन आयोगबाट ८० लिटर क्षमताका मतपेटिका ल्याउने पहल पनि जारी राखिएको हो ।

यस्तै आयोगले भारतबाट मात्र सम्भव नहुने अवस्थाका कारण जापान सरकारसँग समेत ८० लिटर क्षमताका मतपेटिका व्यवस्थापन गरिदिनेबारे दूतावास मार्फत जापान सरकारसँग छलफल अगाडि बढाएको छ । जापान सरकारसँग टोकियोस्थित दुतावासले पहल थाल्ने छ । जापानको मत पेटीका विश्वकै उत्कृष्ठ मध्येमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?