यस्तो छ ओसाकामा लागेकाे जापानकै सबैभन्दा ठुलो पशु पंक्षी मेला

जापान । पश्चिम जापानको ओसाका सहरमा घर पालुवा पशु पंक्षीको सबैभन्दा ठुलो मुला लागेको छ ।


जापान तथा विश्वभरका १४० भन्दा बढी कम्पनीहरुले प्रदर्शनीमा स्टल राखेका छन् ।
केही कम्पनीहरुले बढी उमेरमा घर पालुवा पशु पंक्षीका लागि खाद्य पदार्थ तथा उनीहरुको दाँतको उपचारका लागि आवश्यक औषधोपचारको विधीका बारेमा पनि प्रदर्शनीमा स्टल राखेका छन् ।
प्रदर्शनीमा सबैभन्दा बढी कुकुर र बिरालो देखिन्छ भने घोडा, बाख्रा, भेडा, साुगा, मयुर लगायतका पशु पंशीपनि समावेश छन् । यो मेलालाई जापानकै सबैभन्दा ठुलो पशु पंक्षी मेलाका रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?