जापानी उद्योगपतिलाई नेपाल सरकारको आह्वान : नेपालमा लगानी गर्नुहोस्, प्रतिफल जापान मै ल्याउनुहोस्, नीति बनाइदिन्छौं

जापान । उद्योग मन्त्री नवीन्द्रराज जोशीले जापानी उद्यागेव्यावसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

शुक्रबार टोकियोस्थित नेपाली दुतावासमा आयोजित कार्यक्रममा जापानी उद्योगपतिहरुलाई मन्त्री जोशीले नेपालमा उद्योग स्थापना गरि लगानी बढाउन आग्रह गरेका हुन् ।

मन्त्री जोशीले लगानीको प्रतिफलको ग्यारेन्टी नेपाल सरकारले दिने बताउँदै नेपाल विकासको चरणमा रहेकाले जापानी शिप र प्रविधि नेपालमा भित्राउन आग्रह गरेका हुन् ।

मन्त्री जोशीले जलविद्युत्, पर्यटन, कृषि, उत्खनन् र पुर्वाधारका क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा उद्योग दर्ता गर्न सरकारले सहजिकरण गरिदिने आश्वासन समेत दिए ।

उनले उद्योग व्यावसाय मार्फत् दुई देश बीचको पुलको रुपमा जापानी लगानीकर्ताले काम गर्न सक्ने बताए । मन्त्री जोशीले लगानीको प्रतिफल जापानमै ल्याउन सक्नेगरि नीति परिवर्तन गर्न सरकार तयार रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?