कर्मचारीहरूलार्इ मध्यनजर गर्दै जापान सरकारले ल्यायाे यस्ताे याेजना

जापान । जापान सरकारले निजी तथा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई मध्यनजर गरि प्रिमीयम फ्राईडे नामक विशेष अभियानको सुरुवात गरेको छ । यस अभियान अन्तर्गत कर्मचारीहरु कार्यलयबाट छिट्टै फर्कन पाउने छन्।

जापानका अर्थमन्त्री हिरोशिगे सेकोले प्रिमियम फ्राईडे योजना अन्तर्गत सम्बन्धित अधिकारीहरुलाई छिटो कामबाट निस्कन आह्वान गरेका हुन् । शुक्रबार देखि लागू भएको यस योजनामा हरेक महिनाको अन्तिम शुक्रबार दिउँसो तीन बजे कर्मचारीले कामबाट विदा पाउने छन् ।

जापान सरकारले यस योजनाबाट कर्मचारीले दिउँसो र बेलुकीको समयमा पुरा फाईदा लिउन, किनमेलमा समय विताउन, र मनोरञ्जन गरुन भन्ने आशय राखेको छ ।

योजना अनुरुप सार्वजनिक र निजी क्षेत्रका करिब चार हजार कम्पनीका अधिकारीहरुले यस अभियानलाई सफल बनाउने प्रण लिएका छन । साथै देश भरका दोकान तथा उद्योगबाट छिटै जाने वातावरणको प्रबन्ध समेत गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?