जापानका राष्ट्रिय विश्वविद्यालयमा वार्षिक प्रवेशिका परिक्षा सुरु

जापान । जापान भर संचालन भैरहेका राष्ट्रिय विश्वविद्यालयहरुमा वार्षिक तहको प्रवेशिका परिक्षा सुरु भएको छ ।

शनिबारबाट सुरू भएको प्रवेशिका परिक्षामा करिब ४ लाख ७० हजार ७ सय ८६ विद्यार्थीहरुले सहभागीता जनाएका छन ।

परिक्षामा सहभागी भएका विद्यार्थीहरुले आफ्नो अभिरुचि र क्षमतालाइ प्रदर्शन गरेमा सहजै प्रवेशिका परिक्षाा उतिर्ण गर्न सकिने विचार व्यक्त गरेका छन ।

जापानको शिक्षा मन्त्रालयले प्रवेशिका परिक्षाको नतिजा आगामी मार्च १ मा प्रकाशित गरिने जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?