जापानमा पनि संचालन हुदै ‘नेपाली फेशन हाउस’

जापान । जापानमा नेपालीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आगामी फेब्रुअरी २६ तारिखबाट टाेकियाेमा नेपाली पहिरनका कपडा तथा गहना पसल संचालन हुने भएको छ ।

जापानमा नेपाली युवा व्यवसायीहरुको लगानीमा टोकियो सिनओकुवो स्थित सोलमारी खाजाघर संगै ‘राईज पर्ल एण्ड फेसन हाउस जापान’ नाममा युवा तथा युवतीका आकर्षक नेपाली पहिरन तथा नेपाली डिजाईनका गहनाहरुको पसल संचालन हुने भएको हो ।

पर्ल एण्ड फेसन हाउस जापान’का संचालक रोशन श्रेष्ठले नेपाली युवा तथा युवतिहरुका पहिरनको बढ्दो मागलाई ध्यानमा राखेर सेवा सुरु गर्न लागिएको जानकारी दिएका छन । पसलमा नेपाली तथा विश्वबजारमा चलेका फेसन बजारमा चलेका गरगहना तथा लत्ताकपडाहरु राखिएका छन।

पसलको संचालीका एक ज्योति श्रेष्ठले नेपाली महिला तथा युवतीहरुका लागि फेसियल तथा नेलआर्ट सहित फेसनेवल कुर्तासलवार र अन्य पहिरनहरुलाई सुपथ मुल्यमा विक्री गरिने जानकारी दिएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?