नेपाली नयाँ वर्षको अवसरमा जापानमा बैशाखी मेला हुँदै

जापान । नेपाली नयाँ वर्ष २०७४ को अवसर पारी आगामी अप्रिल ८ र ९ तारिखका दिन जापानको तेन्जिन सेन्ट्रल पार्क फुकुओका जापानमा सातौं बैशाखी मेला आयोजना हुने भएको छ ।

फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप, एनआरएन क्युसु जापानको संयुक्त अायाेजनामा मेला हुने भएकाे हाे । फुकुओका नेपाल सोसाइटी तथा पर्यटन पत्रकार संघ(जाट–नेपाल) नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन गरि मेलाको बारेमा जानकारी दिईएको हो ।

जापानमा बैशाखी मेला सन् २०११ देखि नैअायाेजना हुदैं आएको छ । मेला कार्यसमिती फुकुओका जापानका संयोजक रामकृष्ण श्रेष्ठले मेला मार्फत  जापानमा रहेका नेपालीहरुलाई एकै ठाउँमा जम्मा गराई भाईचारा अभिवृद्धि गराउने उदेश्य सहित मेला आयोजना हुँदै आएको जानकारी दिएका छन् ।

साथै उनले जापानको फुकुओकामा आयोजना हुने मेलामा नेपाल र नेपालीको संस्कृती तथा महामानव गौतम बुद्धको जन्मस्थल लगायतका नेपालका चिनारीलाई प्रस्तुत गरि नेपालको पर्यटन प्रवर्द्वनमा योगदान पुर्याउने उदेश्य रहेको जानकारी दिएका छन् ।

त्यस्तै फुकुओका नेपाल सोसाइटीका पूर्व अध्यक्ष मोतीप्रसाद श्रेष्ठले मेलामा करिब चालिस स्टलमार्फत नेपाली कला संस्कृति झल्कने गरी सोहि किसिमका स्टल राखिने र नेपाली खाना लगायत नेपाली साँस्कृतिक कार्यक्रम र नेपाली पञ्चेबाजासहित फुकुओका नगर परिक्रमा गरिने जानकारी दिए ।

कार्यक्रममा १० हजार नेपालीहरुका साथै हजारों सख्यामा जापानी नागरिकहरुको सहभागीता रहने अनुमान गरिएको छ ।

कार्यक्रममा सहभागी जापानीज नागरिकहरु कोताकु योसीनागा, योसीनागा शानले नेपाल प्रकृतिकरुपमा सुन्दर ,शान्त र यहाँको वातावरण उचित लागेको भन्दै नेपालसँग पर्यटकीय, आर्थिक, सामाजिक विकासमा आफुहरुले सहकार्य गर्न चाहेको र जापान पुगेर नेपालको प्रचार प्रसारमा सहयोग पुर्याउने किसिमको अभियान संचालन गर्ने बताएका थिए ।

कार्यक्रममा पर्यटन पत्रकार संघ (जाट–नेपाल)का अध्यक्ष देवीप्रसाद पन्तले नेपालको पर्यटन प्रबद्र्धनका भूमिका खेल्न आयोजकलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?