जापानमा क्रियाशिल नेपाली महिलाहरूले यसरी मनाउँदै छन् नारी दिवस

जापान । नेपालबाट जापान आई विभिन्न क्षेत्रमा क्रियाशिल रहेका नेपाली महिलारुहले १०७ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारि विविध कार्यक्रमकाे अायाेजना  गरि नारी दिवस मनाउने भएका छन् ।

उनिहरुले विगतका वर्ष झैं यस वर्ष पनि मार्च ५ तारिखका दिन विभिन्न कार्यक्रम आयोजना गरि सव्य तथा भव्य तरिकाले नारी दिवस मनाउने याेजना बनाएका हुन् ।

कार्यक्रमका संयोजक सरिता ढकालले जापानमा बढ्दो नेपाली महिलाहरुको संख्या तथा तिनको हक अधिकारकाे विषयमा केन्द्रित रहि यस वर्षको नारी दिवस मनाईने जानकारी दिएकी छिन् ।

अन्तराष्ट्रिय नारी दिवस मार्च ८ मा रहेता पनि जापानमा रहेका नारीहरुले भने समयानुकल कार्यक्रम तय गरेको जानकारी दिएका छन । टोकियोस्थित सोल्मारी मुरा मुरा हल सिन ओकुबोमा आयोजना हुने कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ ।

कार्यक्रममा जापानमा वसोवास गर्ने सबै नेपाली नारी र जापानी नारीहरुलाई समेत आउन आयोजकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?