जापानमा लागु औषध ओसारप्रसार गरेको आरोपमा २ नेपाली पक्राउ (भिडियो सहित)

टोकियो । लागु औषध ओसारप्रसार गरेको आरोपमा २ नेपालीलाई पक्राउ गरी जापान प्रहरीले सार्वजनिक गरेको छ ।

 

भारतीय हवाई मार्ग हुँदै करोडौ मूल्य वरावरको अवैध रुपमा नारिता एअर पोर्टमा भित्रिएको लागु औषध बाध्य वादकको सामग्री भित्र लुकाएर ल्याइएको अवस्थामा फेला पारेको हो ।

जापानी प्रहरीले २ महिना अघि देखि अनुसन्धान गरी २९ वर्षिय तापोन तामाङ् र २७ वर्षिय देवी दोङ् गुरुङ्लाई पक्राउ गरिएको जापानी संचार माध्यमले जनाएको छ ।

नारिता एअर पोर्टमा ३.५ किलो समातिएपछि अनुसन्धानका क्रममा शिन्जुकु स्थित कोठाबाट थप १८.६ किलो लागु औषध करीब १५ करोड बराबर पर्ने बताइएको छ ।

पक्राउ परेका २ नेपालीले लागु औषध ओसारपसार गरेको स्वीकार गरेको जापानी संचार माध्यमले जनाएको छ ।

https://youtu.be/1BbWqKb2JnY

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?