अाेकिनावामा निधन भएका चौधरीको परिवारलाई मञ्चद्वारा अार्थिक सहयाेग

जापान । जनप्रगतिशिल मंच जापानले जापानको ओनिकावामा निधन भएका मृतक संजिव चौधरीको परिवारलाई रू १ लाख आर्थिक सहयोग गरेको छ ।

नेपालको दाङ घर भई ओकिनावा स्थित जेएसएल जापानी भाषा विद्यालयमा अध्ययन गरिरहेका चौधरीको केहि दिन अघि भाषा विद्यालयकै होस्टलको चौथो तल्लाबाट खसेर निधन भएको थियो ।

आर्थिक अवस्था कमजोर भएका मृतक चौधरीको परिवारको सहयोगार्थ जनप्रगतिशिल मंच जापानले जापानका बिद्यार्थी विभागका प्रमुख सरोज सेढाईंको संयोजनमा मंच समर्थकहरुकै बिचबाट आर्थिक संकलन गरेको हो । संकलित रकम जेएमई रेमिट मार्फ़त मृतकका बुबा सैतु चौधरीलार्इ हस्तान्तरण गरिएको छ।

स्वर्गीय संजिव चौधरीको परिवारले आर्थिक सहयोग गर्ने मंचका सम्पूर्ण सदस्य तथा जापानवासी नेपालीहरुप्रति आभार प्रकट गरेका छन् ।

साथै जनप्रगतिशिल मंच जापानका अध्यक्ष हवलचन्द्र लामाले आर्थिक संकलनमा सहभागी भएका सम्पुर्ण सहयोगी दाता तथा निशुल्क रकम पठाउन सहयोग गर्ने जेएमई रेमिटलार्इ धन्यवाद दिदै मृतक चाैधरीकाे पारिवारिक सहयोगार्थ एनआरएन जापान लगायतका अन्य संस्थाहरुले पनिआर्थिक संकलन गरिरहेको जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?