नेपाली युवा जिज्ञानकुमार थापा ‘युथ लिडर अवार्ड’बाट सम्मानित (फोटो फिचर)

जापान । जापानमा रहेर विभिन्न सामाजिक काममा योगदान गरेवापत प्रदान गरिने ‘नेशनल युथ लिडर अवार्ड’बाट नेपाली युवा जिज्ञान कुमार थापा सम्मानित भएका छन् । जापानमा आठौं पटक आयोजना गरिसकिएको सो अवार्डबाट सम्मानित हुने  उनि पहिलो विदेशी नागरिक हुन् । 

डेभलपमेन्ट एसोसिएशन फर युथ लिडर्स नामक संस्थाले जापानलाई अन्तर्राष्ट्रियकरण गर्न तथा गैरसरकारी संस्था मार्फत सामाजिक कार्यमा योगदान दिएको भन्दै थापा लगायत अन्य पाँच जापानी नागरिकलाई मंगलबार एक समारोह मार्फत ‘युथ लिडर अवार्ड’ बाट सम्मान गरेकाे हाे ।

भूकम्प प्रभावित नेपाली बालवालिकाको शिक्षा सहयोगका लागि ‘तामागो’ लगायतका विभिन्न सामाजिक कार्यक्रम गरि नेपाल र जापानको सम्वन्ध मजबुत बनाउन ठुलो भुमिका खेलेका जिज्ञान जापानी नागरिकरू विच निक्कै प्रशंसनिय बनेका छन  ।

सम्मानित थापाले समारोहमा सम्वोधन गर्दै ‘सामान्य नागरिकले जस्तै सामाजिक उत्तरदायित्व निभाए वापत पाएको सम्मानले थप उर्जा मिलेको’ बताए। थापाले भने, ‘बालवालिकाको शिक्षा उपयोगि कामको शुरूवात मात्र हो अझ धेरै काम गर्न ठूलो प्रोत्साहन मिलेको छ’।

कार्यक्रममा जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनए उपाध्यक्ष भवन भट्ट , एनआरएनए जापानका अध्यक्ष सुदन थापा लगायतले थापालाई शुभकामना दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?