ट्रम्पका नयाँ सुरक्षा सल्लाहकार : जापान, राम्रै जान्दछन्, रुस, थाहा छैन !

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन् ।

“उहाँ निकै क्षमतावान व्यक्ति हुनुहुन्छ, उहाँको अनुभव पनि अथाह छ, सैन्य क्षेत्रमा उहाँ सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँलाई हामीले जिम्मेबारी दिन पाँउदा हामीलाई गौरव महसुसा भएको छ,” फ्लोरिडामा ट्रम्पले भाषण गरेका थिए ।

राष्ट्रपति ट्रम्पले यसअघि नियुक्त गरेका माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारका रुपमा म्याकमास्टरलाई नियुक्त गरेका हुन् ।

५४ वर्षीय नयाँ सल्लाहकार म्याकमास्टरले इराकलगातका देशमा यसअघि विभिन्न अभियान सञ्चालन गर्ने काम गरिसकेका छन् । उनी जापानको सैन्य क्षमताबारे विशेष जानकारी राख्ने पुर्व अधिकारी हुन् ।

अमेरिकी सैन्य क्याम्प पर्ल हार्बरमा उनले काम गरेका थिए, जहाँ जापानले दोस्रो विश्व युद्धका क्रममा आक्रमण गरि ध्वस्त बनाएको थियो । उनले त्यहाँ जापानले के गरेको थियो भन्ने बारेमा विभिन्न समयमा ऐतिहासिक तथा अनुसन्धानात्मक लेखहरु लेखिसकेका छन् ।

उनी अमेरिकी सेनाका रणनीतिकारका रुपमा चिनिन्छन् । उनको रुससँग भने कुनै निकट सम्बन्ध नरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?