टाेकियाेमा खाद्य बजार स्थानान्तरणका लागि अनुसन्धान समिती गठन

जापान । टोकियो महानगरीय सम्मेलनले टोकियोमा खाद्य बजारको स्थानान्तरणका लागि एक अनुसन्धान समिती गठन गरेको छ ।

टोकियोका पूर्व गभर्नर सिन्तारो ईशिहाराले  जापानको त्सुकिजी बजार तटिय क्षेत्र ताेयोसुमा स्थानान्तरण गर्ने याेजना ल्याएका थिए । उनकाे कार्यकालमा पुरानाे हुदै अाएकाे त्सुकिजी बजारलार्इ तायाेसुमा स्थानान्तरण गर्ने याेजना अधुरै बनेकाे थियाे।

ईशिहाराकाे योजनालाई कार्यान्वयनमा ल्याउन जापानको डेमोक्रेटिक पार्टी तथा जापानी कम्युनिष्ट पार्टीकाे  सहमती सहित अनुसन्धान समितीको गठन गरिएको हो । साे समितीले बजार स्थानान्तरणका लागि ताेयाेसुकाे माटाे उपयाेगी छ  छैन अनुसन्धान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?