जापानका लागि नेपाली राजदूतमा राप्रपा नेतृ प्रतिभा राणा सिफारिस

काठमाडौं । नेपाल सरकारले जापानका लागि राप्रपाकी नेतृ प्रतिभा राणालाई राजदूत बनाउन सिफारीस गरेको छ ।

अब संसदीय सुनुवाई विशेष समितिले राणाका विषयमा सुनुवाई गर्ने छ । नेतृ राणा यस अघि राप्रपाका तर्फबाट सांसद बनिसकेकी छिन् भने राप्रपाको विभिन्न पदहरुमा रहेर काम गरिसकेकी छिन् । सम्बन्धको हिसावले उनी कांग्रेस सभापति शेरबहादुर देउवाकी सासु पनि हुन् ।

राणा सँगै सरकारले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको दोस्रो बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?