किन गरे ट्रम्पले जापानी प्रधानमन्त्रीको प्रशंसा, के हुँदैछ जापान–अमेरिका सम्बन्ध ?

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यतीबेला सबैभन्दा भरोसा लागेका विश्व नेता हुन् जापानी प्रधानमन्त्री सिन्जो आबे ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएयता यी दुई नेताका विचमा अन्तरंग र पारिवारिक सम्बन्ध रहि आएको छ । पछिल्लो समय आबे एक हप्ते अभेरिकी भ्रमणमा पनि गए । त्यहाँ दुई नेताहरु गल्फ खेलेर रमाए पनि ।
अहिले फेरि ट्रम्पले आबेको मुत्तमुक्त कण्ठले प्रशंसा गरेका छन् । उनले एफ ३५ लडाकु विमानलाई प्रयोग गर्ने सन्दर्भमा आबेले थालेको प्रयासको प्रशंसा गरेका हुन् ।

आइतबार फ्लोरिडामा पत्रकारहरुलाई संक्षीप्त प्रतिक्रिया दिदै ट्रम्पले जापानी प्रधानमन्त्रीलाई चतुर एवं बुद्धिमान नेता भएको उल्लेख गरे ।
एक र्यालीको क्रममा त्यहाँ पुगेका ट्रम्पले आबेले लाखौं डलरको विमान प्रयोगबारे आबेले गरेको प्रयास उदाहरणीय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?