गलत मिति गणना गरेको भन्दै टेप्कोलाई कारबाही गर्ने जापान सरकारको तयारी

जापान । जापानको परमाणु नियमन प्राधिकरण (एनआरए)ले टोकियो इलेक्ट्रीक पावर कम्पनी (टेप्को)सँग स्पष्टिकरण मागेको छ ।

टेप्कोले तीन वर्ष पहिला नीगाता क्षेत्रमा रहेको परमाणु केन्द्रको पुनःसञ्चालनसम्बन्धी मिति गलत राखेको बारे स्विकार गरिसकेको थियो ।
एनआरएले टेप्कोको काशिवाजाकी–कारिवाको विद्युत् गृह नम्वर ६ र ७ को अन्तिम चरणको जाँच गरिरहेको छ ।
यी गृहहरुको प्रयोग आवश्यकता अनुसार गरिने छ, जुन सरकारले सन् २०११ को फुकुशिमाको त्रासदी पश्चात् लागु गरेको नीतिको आधारमा ।
तर टेप्कोले भने समय गणनामा गलत सुचना दिएका कारण सरकारलाई समस्या परेको भन्दै उ सँग स्पष्टिकरण मागिएको हो । उस्ले दिएको जवाफ चित्त नबुझे सरकारले थप कारबाही गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?