जापानी राजदुतले गरे तीन करोड नेपालीको मन छुने भाषण

काठमाडौं । नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले नेपालमा राजनीतिक स्थायीत्व आउन लागेकाले अब विकासको लहर सुरु हुने बताएका छन् ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा राजदुत ओगावाले नेपालको आर्थिक विकासका लागि जापानले विना शर्त र स्वार्थ काम गर्ने बताए ।
राजदूत ओगावाले जापानी लगानीका परियोजनाहरु कार्यान्वयनका लागि नेपाल सरकारले तादरुकता देखाउनुपर्ने बताउँदै आर्थिक विकासका लागि जापानबाट नेपालले धेरै पाठ सिक्न सक्ने बताए । उनले नेपालको दिगो विकासका लागि यहाँको प्रकृतिक स्रोत साधनलाई उचित ढंगले प्रयोग गर्न सक्नुपर्नेमा जोड दिए ।
जापान सरकारले पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि रु चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गरेको छ । यस अघि गत महिना पनि जापान सरकारले नागढुंगा सुरुङ मार्गका लागि अनुदान सहयोग गरेको थियो ।
सन् २०२२ मा सम्पन्न हुने उक्त परियोजनापछि ४० करोड २० लाख लिटर पानी प्रतिदिन वितरण हुनेछ । परियोजना समापनपछि चार लाख पाँच हजार नागरिक लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?