रसियाले गर्याे विवादास्पद द्धिपकाे नामाकरण

जापान । रुसले जापानको उत्तरी क्षेत्रकाे नामबाट परिचित चार द्धिपसहित सो क्षेत्रमा अवस्थित अन्य द्धिपको नामाकरण गरेको छ।

रुसले आफ्नो नियन्त्रणमा रहेको तर जापानले दावा गर्दै आएको सो द्धिपलाई सोभियत कालका चर्चित नेता तथा सेनाको नामबाट नामाकरण गरेको हो ।

दोस्रो विश्व युद्ध पश्चात रुसद्धारा गैरकानुनी तवरले नियन्त्रणमा लिइएको यी द्धिप जापान र रुसियाविच निक्कै विवादास्पद बनेका छन् ।

रुसका प्रधानमन्त्री दिमीत्री मेदवेदफले बुधबार साे द्धिपको नामकरणका लागि अनुमति दिएका छन ।  जपानका मुख्य क्याविनेट सचिव योशिहिदे सुगाले भने रसियाद्धारा द्धिपको नामाकरण गर्नु खेदजनक भएको बताउदै रुसको कदमप्रति विरोध जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?