जापानको ठुलो कम्पनी टोसिवाको कार्यकारी प्रमुखले दिए राजिनामा

जापान । जापानको ठुलो मध्येको एक टोकिवा कम्पनीका प्रमुख कार्यकारीले राजिनामा दिएका छन् । टोसिवा कर्पोरेशनले यसको पुष्टि गरेको छ ।

उनले अमेरिकामा भएको व्यापार घाटा कम गर्न नसकेका कारण राजिनामा दिएको कम्पनीले जनाएको छ ।

सिग्नोरी सिवाले कम्पनीले अस्वभाविक रुपमा ब्यापार घाटा ब्यहोर्नु परेको भन्दै असन्तुष्टी जनाउँदै आएका थिए । गत अप्रिल देखि डिसेम्बरसम्म मात्रै कम्पनीले ४ दशमलव चार विलियन डलर ब्यापार घाटा व्यहोरेको थियो ।

अब कम्पनी नयाँ रणनीतिमा अघि बढ्ने टोसिवाले मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?