अाेकिनावामा चार तल्लाबाट खसेर एक नेपाली विद्यार्थीकाे मृत्यु

जापान । नेपालको दाङ घर भई जापानको दक्षिणी टापु स्थित ओकिनावा प्रान्तमा अध्ययन गर्दै गरेका अन्दाजी २३ बर्षिय संजिव चौधरीको चार तल्ले घरबाट खसेर मृत्यु भएको छ। ।

जापानस्थित जेएसएल जापानी भाषा विद्यालयमा अध्ययन गर्दै गरेका चौधरीको मंगलबार विहान करिब २ बजेर १५ मिनेट जाँदा घरबाट खसेर मृत्यु भएको हो ।

करिव १ बजेराती कामबाट फर्किएका चौधरी होस्टल पुगे लगत्तै भाषा विद्यालयकै होस्टलको चौथौ तल्लामा साथीहरुसंग गफ गरि  केही वेर पश्चात बाहिर निस्किएका थिए ।

चार तल्ले घरबाट झरेका चाैधरीकाे घटनास्थलमा नै मृत्यु भएको हो । आगामी महिना जापानी भाषा विद्यालयको पढाई सकाउने तयारीमा रहेका चाैधरीकाे मृत्यु, हत्या वा आत्महत्या के हो बारे अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?