सुरक्षा परिषद्मा उत्तर कोरिया विरुद्ध लड्ने जापानी प्रस्तावको चीनले गर्यो समर्थन

वासिंटन । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसेको छ । जापान, अमेरिका र दक्षिण कोरियाको आग्रहमा परिषद्को बैठक बसेको हो ।

बैठकमा उत्तर कोरियाले दुई दिन अघि मात्र गरेको मिशाइल परिक्षणका बारेमा छलफल भएको छ ।

विश्व शक्तिहरुले उत्तर कोरियाले जापान र अमेरिका बीचको सहकार्यलाई चुनौति दिनका लागि मिसाइल परिक्षण गरेको भन्दै आलोचना गरेका छन् ।

बैठकमा जापानले उत्तर कोरियाका कारण एसिया प्रशान्त क्षेत्रमा असुरक्षा बढेकाले उ माथि थप प्रतिवन्ध लगाइनुपर्ने र उत्तरलाई निशस्त्र बनाउनका लागि विश्व एक हुनुपर्ने प्स्ताव राखेको छ ।

जापानको प्रस्तावको पक्षमा चीन समेत देखिएको छ । चीनले पनि उत्तर कोरियाले कोरिया प्रायद्धिपमा अनावश्यक तनाव उत्पन्न गर्न खोजेको भन्दै उ माथिको प्रतिवन्ध लगाइएमा आफुहरुको पनि सहयोग रहने बताउको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?