स्याङजा समाज जापानको अध्यक्षमा भण्डारी

जापान । स्याङजा समाज जापानको अध्यक्षमा सागरमणी भण्डारी चयन भएका छन् । आइतबार टोकियोको इकेबुकुरोस्थित एक हलमा सम्पन्न तेस्रो अधिवेशनले भण्डारीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सुरेश रेग्मी चयन भएका छन् भने उपाध्यक्षमा ध्रुव ज्ञवाली र योगन थापा चयन भएका छन् । यस्तै महासचिवमा मुक्ति सुवेदी, सचिवमा बेद कार्की, कोषध्यक्षमा बिक्रम अर्याल र सह–कोषध्यक्षमा प्रदिप सेन ठकुरी चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा बिन्दु सेन, अमृता बस्नेत, गिता न्यौपाने, कल्पु जिसी, दिपक न्यौपाने, खेम जिसी, रोशन प्रताप क्षेत्री, अर्जुन हमाल, लक्ष्मण ढकाल, अरमान गुरुङ, चित्र गुरुङ, भक्त खत्री, पदम चापागाँइ, सुरेश कुमार जिसी र सागरमणी न्यौपाने चयन भएका छन् ।

अधिवेशनमा स्याङजाबाट जापान आई विभिन्न सहरहरुमा रहेकाहरुको सहभागिता रहेको थियो । विशेषगरी टोकियो आसपास र नागोयामा रहेका स्याङजालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

निवर्तमान अध्यक्ष जीवन न्यौपानेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । मुक्ती सुबेदी र पिताम्बर चापागाँइले सञ्चालन गरेको कार्यक्रममा सुरेश रेग्मीले वार्षीक आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा निवर्तमान महासचिव नरेश जिसीले सांगठनीक प्रतिवेदन र जीवन न्यौपानेले विगत दुई वर्षमा भएका गतिविधिका बारेमा तयार पारेको प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि दिनेश गुरुङले समाजको गतिविधि र विभिन्न साहित्यीक आलेखहरु सहितको स्मिारिक विमोचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?