जापानमा संयुक्त रुपमा २२ औँ जनयुद्व दिवस मनाउँदै

टोकियो । फाल्गुन १ गते सशस्त्र बिद्रोह शुरु गरेको दिनलाई सम्झँदै जापानमा रहेका माओवादीहरुले २२ औँ जनयुद्व दिवसको रुपमा मनाउने भएको छ ।

नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च जापान, विप्लव माओवादी निकट नेपाली जनप्रगतिशील समाज जापान र नयाँ शक्ति नेपाल निकट नेपाली अन्तराष्ट्रिय समाजको संयुक्त आयोजनामा शुभ कामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागिएको हो ।

फाल्गुन १ गते आईतवार विहान ११ बजे टोकियो रोधी क्लवमा माओवादी समर्थकहरुको उपस्थितिमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

२०५२ साल फाल्गुन १ गते देखि सशस्त्र बिद्रोह सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्व दिवस मनाउने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?