आबे–ट्रम्प यती नजीक, कस्ले के खाए, चासो दुवैलाइ, पाल्मा बीचमा मध्यरात…

वासिंटन । अमेरिका भ्रमणमा रहेका जापानी प्धानमन्त्री सिन्जो आबेको मुक्त कण्ठले प्रशंसा गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले पारिवारीक भेटवार्ता मात्र गराएका छैनन् सँगै खाना खाँदै एक अर्कालाई केयर समेत गरेका छन् ।

विश्व राजनीतिमा निकै रुखो नेताका रुपमा चित्रण गरिदै आइएका ट्रम्प जापानी प्रधानमन्त्री आबेसँग भने नरम देखिएका छन् ।

जापानी समय अनुसार शनिबार बीहान अर्थात् शुक्रबार राति उनीहरु सँगै बसेर खाना खाएका छन् । गल्फ रिसोर्टमा उनीहरुले खाना खाएका हुन् ।

उनीहरुसँगै अमेरिकी फस्ट लेडी मेलानीया ट्रम्प, जापानी फस्ट लेडि आकी आबेले फ्लोरिडास्थित पाल्मा बीचमा डिनर लिएका हुन् ।

खाना खाने क्रममा दुई नेताबीच के खानेकुरा मन पर्छ भन्दै सोध्ने र अर्डर गर्ने क्रम निकैबेर चलेको थियो । पार्टी राति अबेरसम्म चलेको थियो ।

ट्रम्पले आबेको एक हप्ते अमेरिका भ्रमणका क्रममा लाग्ने सबै खर्च व्यक्तिगत तवरले गर्ने घोषणा यस अघि नै गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?