दश हजार आवेदक मध्ये १४ सय नेपाली, २८ जनालाई जापानमा शरणार्थी मान्यता

जापान । सन् २०१६ मा अहिले सम्मकै सबैभन्दा बढी आप्रवासीहरुले शरणार्थी हुनका लागि आवेदन दिएकोमा २८ जनालाई जापान सरकारले शरणार्थी मान्यता दिएको छ । १० हजार भन्दा बढीले शरणार्थीका लागि आवेदन दिएका थिए ।

जापानको कानुन तथा न्याय मन्त्रालयले सन् १० मा १० हजार ९ सय १ जनाले आवेदन दिएका थिए । सन् २०१५ मा यसरी आवेदन दिनेको संख्या ३३१५ थियो, यो यस वर्षको भन्दा ४४ प्रतिशत कम हो ।

आवेदकहरु मध्ये १८२९ जना इण्डोनेशियाली, १४५१ नेपाली र १४१२ जना फिलिपिनो रहेका छन् । सिरियाका ४ जनाले पनि आवेदन दिएका थिए ।

मन्त्रालयका अधिकारीहरुले जापानको शरणार्थी कार्यक्रमको दुरुपयोग भएका कारण आवेदक बढेको बताएका छन् । आवेदकहरुले आवेदन दिएको छ महिनासम्म काम गर्न पाउने छन् भने आवेदनको निर्णय नभएसम्म उनीहरु कानुनी रुपमा काम गर्न योग्य हुनेछन् । यही नीतिको फाइदा उठाउँदै आवेदन दिनेहरु बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?