अमेरिकी राष्ट्रपति ट्रम्प जापान प्रति नरम, भन्छन्–जापान विश्व शान्तिको आधारशिला

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेसँग भेटवार्ता गरेका छन् ।

अमेरिकी राष्ट्रपति ह्वाइट हाउसमा भएको भेटवार्तामा ट्रम्पले जापानको प्रशंसा गर्दै आफ्नो मुलुकका लागि शान्तिको आधारशिला जापान रहेको बताएका थिए ।
जपानका प्रधानमन्त्री आबेसँगको भेटपछि राष्ट्रपति ट्रम्पले जापानको सुरक्षाप्रति आफु प्रतिबद्ध रहेको बताउँदै जापान सँगको बलियो सम्बन्ध नै विश्व शान्तिको आधारशिला रहेको बताएका थिए ।

दोस्रो बिश्वयुद्धपछि आर्थिक तथा बिकासका कार्यमा प्रतिस्पर्धी बनेको जापानका प्रधानमन्त्रीसँगको भेटलाई अमेरिकाले निकै महत्व दिएको छ ।

भेटका क्रममा जापानी प्रधानमन्त्री आवेले दुई मुलुकको आर्थिक र ब्यापारिक सम्बन्धमा जोड दिएका थिए ।

राष्ट्रपति ट्रम्पले जापानसँगको व्यापार घाटा कम गर्न कार निर्माता टोयोटा माथि करको दर बृद्धि गर्ने बताउँदै आएका छन् भने जापान ट्रम्पको यो कदमको विरोधमा छ ।

भेटपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले जापान महत्वपुर्ण र स्थिर सहयोगी रहेकाले द्वीपक्षीय सम्बन्ध बलियो बनाउन दृढ रहेको बताए ।

प्रशान्त क्षेत्रको स्थिरताका लागी अमेरिकी सहयोग खोजी रहेको जापानका लागी चीनको बढ्दो प्रभाव टाउको दुखाईको विषय बनिरहेको बीबीसीले उल्लेख गरेको छ ।
उत्तर कोरियाको अणविक परिक्षण र चीनको सैन्य शक्तिका कारण स्थिरताका लागी जापानले अमेरिकि सैन्य सहयोगको आशा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?