ट्रम्पले भने-प्रधानमन्त्री अावेकाे साप्ताहिक भ्रमणकाे सम्पुर्ण खर्च स्वयंम बेहाेर्छु

जापान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साप्ताहिक भ्रमणका क्रममा अमेरिकाको फ्लोरिडा पुगेका जापानका प्रधानमन्त्री शिन्जो आवेको साप्ताहिक भ्रमणको सम्पुर्ण खर्च स्वयंम बेहोर्ने घोषणा गरेका छन ।

जापानका प्रधानमन्त्री शिन्जो आवे तथा उनकी श्रीमती आइकी आवेले शुक्रबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पसंग भेटवार्ता गरेका छन् ।

ट्रम्पको निजी रिसोर्टमा आयोजना हुने रात्रिभोज,आवे र ट्रम्प विचको गल्फ प्रतियोगिता लगायत अावेकाे भ्रमणकाे सम्पुर्ण खर्च कस्ले बहोर्छ भनि सोधिएको प्रश्नमा ट्रम्पले सम्पुर्ण खर्च स्वयंम बेहोर्ने बताएका हुन् ।

यसका साथै ट्रम्पले प्रधानमन्त्री आवेलाई व्यक्तिगत रुपमा महङ्गो उपहार दिने योजना बनाएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?