अवैध कामदारप्रति कडा बन्दै जापानी अदालत, गरियो यस्तो कडा कारबाही

जापान । जापानको ओसाकामा अवैध रुपमा लामो समय विदेशी विद्यार्थीलाई काममा लगाएको भन्दै सुपर टामाडे सुपरमार्केट चेन बजारलाई जरिवाना गरिएको छ ।

ओसाकाको अदालतले सुपरमार्केट चेनलाई दश लखा तथा प्रवन्धक मित्सुतोसी माएदालाई ४१७०००० येन जरिवाना गरिएको जनाएको छ ।

उनलाई शरणार्थी मान्यता नियमको उल्लंघन गरेको आरोप लगाइएको छ ।

सरकारी अधिकारीहरुका अनुसार सुपरमार्केटमा चीन, भियतनाम लगायतका १२ देशका विद्यार्थीलाई फेब्रअरी र मे महिनामा २८ घण्टा भन्दा बढी समय काम लगाइएको भन्दै कारबाही गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?