जापान जाँदै हुनुहुन्छ? जीएनकेले ल्यायो यस्तो सरल योजना

जापान । जापानमा संचालित कम्पनीहरुमा कामदारको अभाव भैरहेता पनि कामदारको भाषाको समस्याका कारण जापानमा राेजगारी  नपाउने समस्यालाई मध्यनजर गर्दै माउन्ट रोयल एजुकेशन सेन्टरले विश्व वजारमा सफलतापूर्ण  रूपमा संचालनमा अार्इरहेकाे जीएनके (ग्लोवल निहोन्गो केन्ताई) नामक जापानी भाषा परिक्षा केन्द्र नेपालमा पनि संचालन गर्ने भएको छ ।

जिएनकेका प्रमुख हान्दा जेंजोले भारत,भियतनाम,ईन्डिोनेशिया तथा चिन लयागत युरोप,एशिया तथा अमेरिकन देशहरुमा संचालन भैरहेको भाषा परिक्षा केन्द्र जीएनके, जापानको घट्दो जनसंख्या तथा कम्पनीहरुमा देखिएको दक्ष कामदारको अभावलाई सन्तुलनमा ल्याउन विदेशबाट भाषा परिक्षा लिई दक्ष कामदार भित्राउने तथा जापानको कला संस्कृतीलाई विश्वभर फैलाउने उदेश्यले संचालनमा ल्याइएको जानकारी दिएका छन् ।

जापानका हालका सिनेट सदस्य तथा जापानका पुर्व परराष्ट्रमन्त्री इसीई इचिजी जीएनकेका व्यवस्थापक हुन ।

पछिल्लो समय नेपालबाट अध्ययन तथा रोजगारीका लागि जापान आउने नेपाली विद्यार्थीहरुको संख्यामा वृद्धि भएता पनि भाषाको समस्याका कारण जापानमा काम नपाउने समस्या यथावत नै रहेकाे छ ।

रोजगारीकाे समस्याका कारण जापानमा बढिरहेको आत्महत्यालार्इ केहि हद सम्म समाधान गर्ने उदेश्य सहित जीएनकेले यस्तो योजना ल्याएको हो ।

बर्षमा ४ पटक सञ्चालन् हुने जी एनके टेष्ट परीक्षा नेपालका लागि यही बर्षको मे महिनाबाट सञ्चालनमा आउने मौनत रोयलका इन्टर्नेशनल अफेयर चिफ गणेश विष्टले बताएका टन ।

यता माउन्ट रोयेल एजुकेसन सेन्टरका व्यवस्थापक सुरेश घिमिरेले पनि जापानीज बजारमा भाषामा दक्ष नेपाली विध्यार्थी पठाउन  GNK सक्षम हुने विस्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?