जापानकी चर्चित पप गायिका मात्सुनोको निधन

जापान । चर्चित जापानी गायीका एवं सिरित्सुकी इविसु छुगाकु सांगीतिक समुहकी सदस्य रिना मात्सुनोको निधन भएको छ । जापानको चर्चित पप ब्याण्ड गायिकाको बुधबार निधन भएको जापान प्रहरीले पुष्टि गरेको छ ।

उनी घरमानै बसिरहेका बेला एक्कासी फेन्ट भएकी थिइन् ।

मंगलबार उनको सांगीतिक समुहले ओसाकामा एक कार्यक्रमको आयोजना गरेको थियो, तर, अन्तिममा उनी उपस्थित हुन नसकेको जानकारी गराइएको थियो ।
१८ वर्षीया गायिकालाई बिहान ५ बजे उपचारका लागि अस्पताल लगिएको थियो । उनी जुनियर हाई स्कुलको अन्तिम परिक्षाको समेत तयारीमा थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?